
बुटवल, फाल्गुन २१ । नेकपा–माओवादीका सचिव
नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीका महासचिव रामबहादुर थापा बादललाई सरकारको
नेतृत्व दिए सहमति हुने र निकास पनि निस्कने बताएका छन् ।
बुटवलमा आज
संचारकर्मीहरुसँग कुरागर्दै सचिव चन्दले जनयुद्धका एजेण्डालाई सम्बोधन गर्ने
व्यक्ति प्रधानमन्त्री हुनुपर्ने भन्दै महासचिव थापालाई प्रधानमन्त्री बनाउन
उपयुक्त हुने तर्क गरे ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन अवैध हुने भन्दै उनले त्यस्तो सरकारलाई नस्वीकार्ने पनि स्पष्ट पारे ।
No comments:
Post a Comment