Monday, 4 March 2013

पारसलाई भेन्टिलेटरबाट निकालियो

काठमाडौं, २१ फागुन । गम्भीर ह्रदयघात भई थाईल्याण्डको समितिभेज अस्पतालमा गत फागुन ८ देखि उपचारत पूर्व युवराज पारस शाहलाई भेन्टिलेरबाट निकालिएको छ । बैंकक अपस्पताल परिसरमा रहेका एभिन्यूज टेलिभिजनका संवाददाता टीकाराम यात्रीले पारसलाई भेन्टिलेरबाट निकालिएको जनाएका छन् । संवाददाता यात्रीले टेलिभिजनको प्रत्यक्ष टेलिफोन सम्पर्कमा यस्तो जानकारी दिएका हुन् ।
तर, यस विषयमा अस्पतालबाट आधिकारीक पुष्टी भने भएको छैन । संवाददाता यात्रीका अनुसार पारसलाई हिजो नै भेन्टिलेरबाट निकालिएको थियो । अस्पतालले आधिकारीक विज्ञप्ती जारी गरेर पारसको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउने बताएपनि पुनः भेन्टिलेरमा राख्नुपर्ने अवस्था आउन सक्ने कारणले तत्कालै विज्ञप्ती ननिकालिएको हो । यात्रीका अनुसार अस्पतालले आज विज्ञप्ती निकालेर यस विषयमा जानकारी गराउन सक्नेछ । संवाददाता यात्रीका अनुसार पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमल तथा पूर्व युवराज्ञी हिमानी शाह आज अस्पताल पुगेका थिए । ह्रदयघातपछि पारसलाई अचेत अवस्थामा अस्पताल भर्ना गरिएको थियो भने उनको गएको शनिबार ११ दिनपछि उनको होस खुलेको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको थियो ।

No comments:

Post a Comment