विराटनगर, २१ फागुन । विद्यालय बन्दको अवज्ञा गरेको भन्दै विराटनगर–१९ रानीस्थित गौतमबुद्ध मेमोरियल उच्च माविमा आज तोडफोड गरिएको छ । विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै बन्द आह्वानकर्ता अनेरास्ववियु क्रान्तिकारी आबद्ध एक समूहले विद्यालय तोडफोड गर्नाका साथै विद्यालयको सुरक्षा गार्ड दीपक भट्टराईलाई पनि हातपात गरेका छन् ।
पन्ध्रजनाको सङ्ख्यामा रहेको सो समूहले विद्यालयमा रहेका कम्प्युटर, दराज, फोटोकपी मेसिन र टेलिफोन तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरी पुगेपछि उनीहरु भागेका थिए ।
पन्ध्रजनाको सङ्ख्यामा रहेको सो समूहले विद्यालयमा रहेका कम्प्युटर, दराज, फोटोकपी मेसिन र टेलिफोन तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरी पुगेपछि उनीहरु भागेका थिए ।
No comments:
Post a Comment