Sunday, 3 March 2013

जन्ती बस दुई सय मिटर तल भीरमा खस्दा कम्तिमा १० को मृत्यु

टेकनारायण भट्टराई, पाल्पा, फागुन २०- पाल्पा नायरनमतलेस गाविसको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा जन्तीबस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। चिदीपाननी गाविस २ धैरेनीमा बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो। आइतबार राति करिब साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थल निकै अप्ठेरो भीरमा भएकाले प्रहरीलाई पुग्न गाह्रो परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख स्थानेश्वर रेग्मीका अनुसार बसमा ४५ जना सवार थिए। उनका अनुसार निकै तल खोँचमा बस खसेकोले उद्धारका लागि निकै गाह्रो भएको थियो। पाल्पा आमडाँडाबाट जन्ती लिएर पाल्पा हुँगी तर्फ जाँदै गरेको नम्बर नखुलेको बस दुर्घटनामा परेको हो।

No comments:

Post a Comment