Sunday, 3 March 2013

सहमति भएको २४ घन्टाभित्रै नयाँ प्रमले शपथ लिने

मणि दाहाल, काठमाडौं, फागुन २०- तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले फागुन २२ गते बाधा अड्काउ फुकाउने बताएका छन्। प्रम निवास बालुवाटारमा जारी मधेसी मोर्चासहित प्रमुख तीन दलको बैठकबाट निस्किँदै अध्यक्ष ठाकुरले बाधा अड्काउपछिको २४ घन्टाभित्र प्रधानन्यायाधीश खिलराज रेगमीलाई प्रधानमन्त्रीका लागि शपथ खुवाउने बताए 'फागुन २२ गते बाधा अड्काउ फुकाउने सहमति भएको छ,' सञ्चारकर्मीसित ठाकुरले भने, 'त्यसको २४ घन्टाभित्रै प्रधानन्यायाधीशले प्रधानमन्त्रीको शपथ लिनेछन्।' उनले त्यसकै लागि होमर्क भइरहेको बताए। बैठक चलिरहँदा उनी बीचमै निस्किएर सो कुरा बताएका थिए।

No comments:

Post a Comment