Sunday, 3 March 2013

कोइला खानीमा भएको आगलागीबाट १२ को मृत्यु

चीन,२० फागुन। उत्तरी चीनको हेबेइ प्रान्तमा अवस्थित एक कोइला खानीमा कार्बोन मोनोक्साइड विषबाट मृत्यु हुनेको सङ्ख्या बाह्र पुगेको समाचारमा जनाइएको छ।
गत बिहीबार राति आठ बजे उच्च प्रवाहले चलिरहेको एक पङ्खाको कारण सल्किएको आगलागीबाट सो दुर्घटना भएको स्थानीय अधिकारीहरुले जनाएका थिए।
यस दुर्घटनाबाट तकाल्ल ११ व्यक्तिको मृत्यु भएको र बेपत्ता दुईमध्य एकको शब फेला परेपछि सो दुर्घटनामा मर्ने व्यक्तिको सङ्ख्या १२ पुगेको जनाइको छ। उक्त घटनाको बेलामा सो कोइलाखानीमा १३ जना कामदार कार्यरत रहेका समाचारमा जनाइएको छ। स्थानीय अधिकारीहरुका अनुसार यस घटनाबाट बाह्र व्यक्तिको मृत्यु भएको र अझै एक बेपत्ता रहेको छ। सिन्ह्वा

No comments:

Post a Comment