Friday, 8 March 2013

अब गाडी चढे १५ रुपैयाँ तिर्नुपर्ने


२५ फागुन, काठमाण्डौं । सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका साधानको भाडा वृद्धि गरेको छ । वृद्धि गरिएको भाडादर अनुसार सार्वजनिक यातायातका साधनमा ९ प्रतिशतले वृद्धि भएको छ भने, मालबाहक सवारीका साधनको भाडा ११ प्रतिशतले बढेको छ । नयाँ भाडादर अनुसार उपत्यकामा सार्वजनिक सवारी चढ्ने यात्रुले गाडी चढ्ने वित्तिकै १५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
त्यस्तै लामो दूरीमा यात्रा गर्नेले भने यसअघिको भाडामा ९ प्रतिशत बढाएर तिर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पाटपुर्जा र श्रमिकको ज्याला लगायतको वृद्धिका आधारमा सार्वजनिक गाडीमा भाडा बढाएको यातायात व्यवस्था विभागका प्रवक्ता देवीराम भण्डारीले जानकारी दिनुभयो । यस अघि काठमाण्डौंमा न्यूनतम भाड १३ रुपैयाँ तोकिएको भएपनि कतिपय सवारी साधनले यात्रु चढ्नासाथ १५ रुपैयाँ लिने गरेको यात्रुहरुले बताएका छन् ।

No comments:

Post a Comment