वीरगन्ज, २५ फागुन । पर्साको बिन्दवासिनीमा आज बिहान ट्रक र टेम्पु एक आसपमा ठोकिँदा सातजना बढी यात्रु घाइते भएका छन् । जिल्लाको बहुअर्वाभाठाबाट सदरमुकाम वीरगन्जतर्फ आउँदै गरेको ना२ख ३९३६ नम्बरको मालबाहक ट्रक र वीरगन्जबाट पोखरीयातर्फ गइरहेको ना१ह ७४८ नम्बरको टेम्पु एक आपसमा ठोकिँदा उनीहरु घाइते भएका हुन् । चामलको भुस लिएर आउँदै गरेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घाइते सबै टेम्पुमा सवार यात्रुहरु हुन् । घाइते सबैलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment