सुरेन्द्र पौडेल, काठमाडौं, चैत ५ - मासिक दुई लाख रुपैयाँ कमाइ हुने दलालको प्रलोभनमा प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र पपुवा न्युगिनी पुगेका ९ जना नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्रेको छ। दलाललाई जनही ८/८ लाख बुझाई त्यहाँ पुगेका उनीहरुमाथि पपुवा न्युगिनी अध्यागमन कार्यालयले नक्कली भिसा प्रयोग गरेको आरोप लगाएको छ। उनीहरु सबैलाई पपुवा न्युगिनीको बुकास्थित अध्यागमन कार्यालयले थुनामा राखेको छ।
'हामी ९ जनालाई अहिले बुका भन्ने ठाउँमा अध्यागमन कार्यालयले थुनेर राखेको छ,' नक्कली भिसाको आरोपमा पक्राउ परेकामध्ये बाग्लुङका डिबबहादुर केसीले टेलिफोनबाट नागरिकलाई जानकारी दिए, 'भोलि (सोमबार) अदालतमा पेस गर्ने जानकारी दिएका छन्।'
नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ पर्ने ९ मध्ये ७ जना बाग्लुङ जिल्लाका छन् भने एकएक जना चितवन र पर्वतका। पक्राउ पर्ने प्रकाश सापकोटा, डिबबहादुर केसी, माधव शर्मा, अर्जुन कणेल, भुपेन्द्र पुन, दिलबहादुर थापा, राजु शर्मा बाग्लुङका हुन् भने रामलाल महतो चितवन र दलबहादुर नेपाली पर्वतका हुन्।
केसीका अनुसार उनीहरु सबैलाई मुकुन्द पौडेल भन्ने दलालले नेपालबाट भारतको नयाँदिल्लीसम्म पुर्यामएका थिए। भारतबाट पपुवा न्युगिनी पठाउने कार्य विवेक भन्ने भारतीय दलालले गरेका थिए। उनीहरु सबैले दुईदुई किस्तामा दलाललाई ८ लाख बुझाएका थिए।
नेपालको दलाललाई पहिलो किस्तास्वरुप चार लाख रुपैयाँ बुझाएपछि नौ जना नै गत फागुन ११ गते काठमाडौंबाट भारतको दिल्लीतर्फ गएका थिए। भिसालगायत केही काम बाँकी रहेको भन्दै दलालले उनीहरुलाई केही दिन दिल्लीमै राखेका थिए।
सम्पूर्ण चाजोपाँजो मिलाएपछि बाँकी चार लाख रुपैयाँ लिई दलालले सबैलाई गत बुधबार नयाँदिल्लीबाट सिंगापुर हुँदै पपुवा न्युगिनी पठाएका थिए। उनीहरु सबै गत शुक्रबार पपुवा न्युगिनीको बुकास्थित विमानस्थल पुगेका थिए। 'सिंगापुरमा १६ घन्टा ट्रान्जिट थियो, त्यहाँ कुनै अप्ठेरो परेन। पपुवा न्युगिनी आइपुगेपछि मात्र हामी ठगिएका रहेछौं भन्ने थाहा भयो,' केसीले भने।
केसीका अनुसार उनीहरु दिल्लीबाट राति साढे ११ बजे सिंगापुर एयरलाइन्सबाट सिंगापुरसम्म गएका थिए। सिंगापुरबाट उनीहरु पपुवा न्युगिनीको एयरलाइन्स 'एयर न्युगिनी ०३९३' मा बुका टापुस्थित विमानस्थल पुगेका थिए। त्यसपछि बुका टापुस्थित विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले ९ जनाको राहदानीमा लागेको भिसा नक्कली भएको जनाउँदै पक्रेको थियो।
भिसा नक्कली भएको बुका अध्यागमन कार्यालयका कर्मचारीले जानकारी गराउनुअघि आफूहरुलाई थाहा नभएको केसीले बताए। 'भिसा नक्कली छ भन्छ, हेर्दा त सक्कलीजस्तै देखिन्छ,' उनले भने। पक्राउ गरी थुनामा राखेपछि अध्यागमनका कर्मचारीले केही सातायता दुई लट गरेर ९ जना नेपालीलाई फिर्ता पठाइसकिएको जानकारी दिएका थिए। उनीहरु पनि नक्कली भिसा नै त्यहाँ पुगेका थिए।
दलालले उनीहरुलाई त्यहाँस्थित पेसिफिक प्लास्टिक कम्पनीमा काम लगाइदिने भनी पपुवा न्युगिनी पुर्यादएका थिए। मासिक प्रत्येकलाई दुईदुई लाख रुपैयाँ तलब दिने आश्वासन दलालले दिएका थिए। एक वर्षको भिसा लगाएर उनीहरुलाई दलालले पपुवा न्युगिनीको पूर्वी टाराकास्थित प्लास्टिक कम्पनीमा काम गर्न पठाएका थिए।
दलालले उनीहरुलाई काम गर्ने भनिएको प्लास्टिक कम्पनी रहेको टापुमा नभई अर्कै टापुमा हवाई टिकट काटी पठाएका थिए। बुकास्थित अध्यागमन कार्यालयका कर्मचारीले उनीहरुले काम गर्ने ठाउँ अर्कै टापुमा रहेको, जहाँ जान अर्को विमान चढ्नुपर्ने र काम गर्ने भनिएको प्लास्टिक कम्पनी पपुवा न्युगिनीमै नभएको जानकारी गराएपछि उनीहरु चकित परेका थिए।
'बताएको काम गर्ने कम्पनी एउटा टापुमा रहेछ, हामीलाई अर्कै टापुमा पठाए। कम्पनी रहेको भन्ने टापुसम्म जाने टिकट हामीसँग थिएन,' केसीले भने, 'थुप्रै नेपाली ठगिएर फर्केको यहीँ आएपछि थाहा भयो। दलालहरुले थुप्रै ग्रुप यहाँ पठाउँदैछन्।'

No comments:
Post a Comment