
काठमाडौ, चैत्र ४ - नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले गरिब जनताको नाममा करोडौंको सम्पति जोडेको आरोप लगाएका छन् । ‘स्वतन्त्र युवा मंच नेपालद्धारा आयोजित कार्यक्रममा सचिव चन्दले भने,'गरिबलाई सपना बाँडेर आफू आलिशान भवनमा बसेका छन् त्यसको हिसावकिताव खोज्ने दिन आउँदैछ ।’
एमाओवादी अध्यक्ष दाहाल विदेशीको इशरामा रातारात १ सय ८० डिग्रीमा घुमेको भन्दै त्यसको लेखाजोख गर्ने दिन आउन लागेको उनले बताए । 'क्रान्तिका नाममा सयौं परिवारका सदस्य घाइते छन् बेपता छन् यो प्रचण्ड र बाबुरामले बुझ्नै पर्ने हुन्छ, ती परिवारले छोड्लान र ? ’, उनले भने । प्रधानमन्त्री खिलराज रेग्मीले न्यायलयमा राम्रो फैसला गरे पनि आफ्नैबारेमा भने गल्त फैसला गरेको उनले बताए । 'खिलराजजी चुनाव गछौं भनेर गोडा उचालेका छन् हेरौं उनी कसको इशारामा चल्छन, त्यो समयले बताउँछ’, उनले भने । एमाले नेता प्रकाश ज्वालाले राजनीतिक दलको सहमति र सहकार्यमा नै चुनाव गर्नु पर्ने बताए । चुनावमा भागलिएर देशलाई विकाको गतितिर अगाडि बढाउन पर्ने उनको भनाई थियो । कांग्रेस नेता प्रदीप पौडेलले वीपीबाद र माओवादले मात्रै निकास दिन नसक्ने भन्दै समय अनुसार सबैले परिवर्तन हुन पर्ने बताए ।
No comments:
Post a Comment