Tuesday, 19 March 2013

चिनियाँ राजदूतले भने 'नेपालसँगको सम्बन्ध विशिष्ट’

chinese ambassador
काठमाडौ, चैत्र ६ - नवनियुक्त चिनियाँ राजदूत वु चुन्ताईले नेपाल-चीन सम्बन्ध ऐतिहासिक भइकन सांस्कृतिक, पर्यटकीय र व्यापारिक कारणले पनि विशिष्ट रहेको बताएका छन् । 'एकजना नेपाली अरनिकोले बेइजिङमा बनाएको श्वेत चैत्य आज चीनकै निम्ति सभ्यताको धरोहर बनेको छ भने यो आपसी मैत्रीको प्रतीकसमेत बनेको छ,' पदभार ग्रहण गरेपछि दूतावासमा आइतबार आयोजित पहिलो पत्रकार भेटमा राजदूत वुले भने । उनले काठमाडौं चक्रपथ र पोखरा विमानस्थलजस्ता बृहत् परियोजना निर्माणमा चिनियाँ सहयोग आउने क्रममा रहेको पत्रकारहरूलाई जानकारी गराएका थिए ।

No comments:

Post a Comment