काठमाडौं, १९ फागुन। कपाल पाल्ने र मुन्द्रा लगाउने सबैलाई नेपाल प्रहरीले अपराधीको तहमा राखेर व्यवहार गर्न थालेपछि यसको संगठीत रुपमै विरोध भएको छ। प्रहरी कार्वाहीको फेसबुक ट्वीटर लगायत सामाजिक सञ्जालमा व्यापक विरोध गर्दै बएको यो समुहले आज काठमाडौंमा कन्सर्ट गरी आफ्ना भनाइ र चासो सार्वजनिक गरेको छ। उनीहरुले सांगातिक कार्यक्रम गरि आफुहरुलाई आराधिक कोटीमा राखेकोमा विरोध पनि जनाए।
विभिन्न क्षेत्रमा कार्यरत युवाले आज राजधानीमाको वसन्तपुरमा गरिएको कार्यक्रममा लामो तथा छोटो कपाल भएका गायक–गायिकाहरुले कपाल पाल्ने सबैलाई अपराधको दृष्टिले नहेर्न प्रहरीसमक्ष आग्रह गरे। प्रहरीले शुरु गरेको कपाल काट्ने अभियानको सांकेतिक रुपमा व्यङग्य गर्दै विरोध जनाएका थिए।
उनीहरुले कपाल काट्नमा लगानी गरौं, छोरा छोरीलाई विद्वान बनाऔ, प्रधानमन्त्रीको उम्मेदवारलाई तालु खुईल्याउनु पर्ने अरु कुनै योग्यता नचाहिने, नायक राजेश हमालको फिल्मी यात्रा धरापमा जस्ता सांकेतिक प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा सहभागिहरु अधिकांश लामो लामो कपाल पाल्नेहरु थिए। उनीहरु धेरैजसो व्यवसायीक क्षेत्रमा क्रियाशिलहरु नै देखिन्थे। उनीहरुको साझा प्रश्न थियो कपाल छोटा भएका अपराधीहरु मन्त्री र प्रधानमन्त्रीको वरिपरी बसेर अपराधमा क्रियाशिल भएकाहरुलाई कार्वाही गर्न नसक्ने प्रहरीले मानवअधिकारको समेत उल्लंघन गरेर कपाल काट्दै हिड्न सुहाँउछ? चेतना सांगीतिक कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवतीको सहभागिता थियो।

No comments:
Post a Comment