Sunday, 3 March 2013

देशभरका निजी विद्यालय बन्द

२० फागुन, काठमाण्डौं । निजी शैक्षिक संस्थाको संगठन एसोसिएसन अफ प्राइभेट इन्टिच्युसन अफ नेपाल (अपिन)ले आव्हान गरेको बन्दका कारण आज देशभरका निजी शैक्षिक संस्थाको पठन पाठन ठप्प भएको छ।
काठमाण्डौंको गोल्डेन गेट कलेजमा भएको आगलागीको बिरोधमा अपिनले देशभरका निजी शैक्षिक संस्था बन्द गराएको हो । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गोल्डेनगेट कलेजमा संगठन खोल्न नदिएको भन्दै केही दिन अघि कलेजका दुईवटा वसमा आगो लगाईदिएका थिए ।
बन्दका कारण देशभरका झण्डै ७५ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ ।

No comments:

Post a Comment