
काठमाडौं, फाल्गुन २० । देशमा बढेको भ्रष्टाचार
अन्त्यको माग गर्दै आमरण अनशनमा बस्नुभएकी शारदा भुसालले नौ दिनपछि अनशन तोड्नुभएको
छ । हिजो राति सरकारसँग १७ बुँदे सहमति सहमतिपछि उहाँले अनशन तोड्नु भएको हो ।
महोतरी जिविस र बनौलिदनौली गाविसमा भएको भ्रष्टाचार छानविन गरी दोषीमाथि कारबाही
हुनुपर्ने उहाँको मागमा सरकारले सहमति जनाएको छ ।
कमजोर स्वास्थ्यका कारण उहाँको
मोडेल अस्पतालमा उपचार भैरहेको छ । शारदाले माग गरेबमोजिम भ्रष्टाचारका प्रकरणमा
छानविन गरेर एक महिनाभित्र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता सरकारले गरेको छ ।
सहमतिपत्रमा शारदा र सरकारका तर्फबाट काठमाडौंमा प्रमुख अधिकारी चुडामणि शर्माले
हस्ताक्षर गर्नुभएको छ । वार्तामा सरकारका तर्फबाट भौतिक योजनामन्त्री हदयेश
त्रिपाठी, मूख्य सचिव लीलामणि पौड्याल र स्थानीय विकास मन्त्रालयका अधिकारी सहभागी
थिए । महोत्तरी जिल्लाको बनौलीदनौलीकी शारदाले महोत्तरी जिविस र बनौली गाविसले
गरेको भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कारवाहीको माग राखेर अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको मूल गेटमा अनशन थालेपनि प्रहरीले त्यहाँबाट हटाएपछि
शान्तिबाटिकामा अनशन बस्नुभएको थियो । यसअघि शारदाले महोत्तरीको बनौली गविसि
कार्यालय अगाडि २०६८ भदौमा १३ दिनसम्म अनशन बस्नुभएको थियो । भ्रष्टाचारीलाई
कार्वाही गर्ने प्रतिवद्धता सरकारले गरेपछि त्यतिवेला उहाँले अनशन तोड्नु भएको थियो
। तर सहमति कार्यान्वयन नभएपछि फेरि यही फागुन ११ गतेदेखि उहाँले काठमाडौमै अनशन
गर्नुभएको हो ।
No comments:
Post a Comment