एजेन्सी, फाल्गुन २० । बंगलादेशमा मुश्लिम नेता
दिलवर हुसेन सइदीविरुद्ध सुनाइएको मृत्युदण्डको फैसलाको विरोधमा उत्तरी बोग्रा
जिल्लामा भड्किएको हिंसामा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । झडपमा ४० भन्दा
बढी घाईते भएका छन् ।
बोग्रा जिल्लामा जमात पार्टीका कार्यकर्ताहरुले प्रहरी पोष्टमा आक्रमण गरेपछि त्यहाँ सेना परिचालन गरिएको छ । उत्तर पश्चिमी शहर गोदागारीमा पनि प्रहरी र प्रदर्शनकारीबीच व्यापक झडप भएको खबर छ ।
हिजो मात्र चित्तागाउंमा तीन जनाको मृत्यु भएको थियो । सइदीको जमात–ए–इस्लामी पार्टीले फैसला विरुद्ध दुई दिने आमहड्तालको आह्वान गरेको छ ।
सन् १९७१ मा
पाकिस्तानबाट अलग मुलुक बन्ने क्रममा भएको स्वतन्त्रता संग्राममा युद्ध अपराध गरेको
ठहर गर्दै सइदीलाई गत बिहिवार मृत्युदण्डको सजाय सुनाइएको थियो ।बोग्रा जिल्लामा जमात पार्टीका कार्यकर्ताहरुले प्रहरी पोष्टमा आक्रमण गरेपछि त्यहाँ सेना परिचालन गरिएको छ । उत्तर पश्चिमी शहर गोदागारीमा पनि प्रहरी र प्रदर्शनकारीबीच व्यापक झडप भएको खबर छ ।
हिजो मात्र चित्तागाउंमा तीन जनाको मृत्यु भएको थियो । सइदीको जमात–ए–इस्लामी पार्टीले फैसला विरुद्ध दुई दिने आमहड्तालको आह्वान गरेको छ ।
त्यसयता भड्किएको हिंसामा ५० भन्दा बढीको मृत्यु भैसकेको छ । इस्लामिक प्रदर्शनकारीहरुले सइदी विरुद्धको अभियोग राजनीति प्रेरित भएको आरोप लगाए पनि सरकारले भने आरोप अस्वीकार गरेको छ ।
यता बंगालादेशमा हिंसात्मक घटना बढ्न थालेपछि अमेरिकाले पनि चासो व्यक्त गर्दै शान्त रहन सबैलाई अपील गरेको छ ।
No comments:
Post a Comment