Saturday, 2 March 2013

गाबिस सचिबहरुबाट ब्रम्हलुट

अप्सरा समाल। उदयपुर, १९ फागुन। उदयपुरको पहाडी गाबिस पोखरी स्थित सल्लेमा सञ्चालन भईरहेको घुम्ती सिविरमा सचिबहरुले विना रसिद शुल्क लिने गरेका छन्। नि:शुल्क सिविर भने पनि घुम्ति सिविरमा गाबिस सचिबहरुले विना रसिद शुल्क लिने गरेका हुन्।
जन्म दर्ता, मृत्यु दर्ता र नागरिकता लगायतको सिफारिस गरे वाफत बिना रसिद रु ५ देखि रु २५ सम्म लिने गरेको स्थानीय बासीहरुले बताएको छन्। लक्षित गाबिस मध्येका भुटार जाते आँपटार लाफागाउँ, रौता लगाएतका गाविस सचिवहरुले विना रसिद रकम असुल्ने गरेको स्थानीय बासीहरुले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय उदयपुरको संयोजनमा भएको सो सिविरमा जिल्ला प्रशासन, स्वास्थ्य, कृषी, पशु, महिला तथा बालवालीका, निर्वाचन, हुलाक, र समन्धित गाबिसका कार्यालयहरुले आफ्नो सेवा दिदै आएको सायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बताउनुभयो। सिविर ३ दिन अर्थात यहि २१ सम्म सन्चालन रहने बताईएको छ।

No comments:

Post a Comment