Saturday, 2 March 2013

पूर्व युवराज पारसको होस खुल्यो (साथमा विज्ञप्ति)

काठमाडौं, फागनु १९ - हृदयघात भई थाइल्याण्डको बैंङ्कस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको ११ दिनपछि होस खुलेको छ। 'उनी अहिले मान्छे चिन्न सक्ने अवस्थामा छन्। शरीरका सम्पूर्ण अंग चल्न थालेका छन्', अस्पतालको विज्ञप्तिमा भनिएको छ। समितिभेज अस्पतालाका कार्डियोलोजिष्ट डा मान चान्दाभिमोलाले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
 अवस्थामा सुधार भए पनि उनलाई भेन्टिलेटरमै राखेर उपचार गरिरहिएको अस्पतालले जनाएको छ। हृदयघातपछि बेहोस अवस्थामा उपचाररत पारसलाई हेर्न पिता पूर्वराजा ज्ञानेन्द्र शाह सहित सम्पूर्ण परिवर बैंककमै छन्।


No comments:

Post a Comment