Saturday, 2 March 2013

नर्दन मरियानाको पोस्टमा नेपालको ६ गोल (संक्षिप्त भिडियोसहित)


भरत खवासको ह्याट्रिकः
काठमाडौं, फाल्गुन १९ । भरत खवासको ह्याट्रिकको मद्दतमा नेपालले एएफसी च्यालेन्ज कप छनोट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा घरेलु दर्शकहरुको समर्थन पाएको आयोजक नेपालले फिफा वरियताविहीन नर्दन मरियाना आइल्याण्डसलाई ६–० को फराकिलो अन्तरले हराएको हो । सुरुवातदेखि नै खेलमा नियन्त्रण बनाएको नेपालले भरत खवासको गोलमा प्रारम्भिक अग्रता लिएको थियो । तीसौं मिनेटमा सन्तोष साहुखलको गोलमा अग्रता दोब्बर पारेको नेपालका लागि पहिलो हाफको अन्त्यतिर भरतले दोस्रो गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पु¥याए । 
पहिलो हाफमा नेपाली खेलाडी सामू निरिह देखिएको नर्दन मरियाना आइल्याण्डसले खेलको दोस्रो हाफमा पनि नियन्त्रण बनाउन नसक्दा थप ३ गोल खान पुग्यो ।
नेपालको जीतलाई अझै फराकिलो बनाउने क्रममा राजु तामाङले पेनाल्टीमार्फत गोल गरे । नेपालका लागि ३५ औं खेल खेलेका तामाङको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
गोलको बर्षा गर्ने क्रममा नेपालका लागि सन्दिप राईले पाँचौ गोल गरे । यस्तै, अन्तिम गोल गर्दै भरत खवासले ह्याट्रिक पूरा गरे । नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने भरत चौथो खेलाडी हुन् ।
नेपालले फुटबल इतिहासमा सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध ७–० को जीत दर्ता गराएको थियो । त्यो जितनै नेपालले दर्ता गराएको सबै भन्दा फराकिलो जित हो ।
नेपाल फिफा वरियतामा एक सय ७४ औं स्थानमा छ भने चार वर्षअघिमात्र फिफाको सदस्यता पाएको नर्दन मरियाना आइल्याण्डस वरियताविहीन छ ।
यसअघि आजको उद्घाटन खेलमा प्यालेस्टाइनले बंगलादेशलाई पराजित ग¥यो । तुलनात्मक रुपमा बलियो प्यालेस्टाइनले खेल १–० ले जितेको हो ।
खेलको ७९ औं मिनेटमा थीडले गरेको गोल नै प्यालेस्टाइनलाई जिताउन पर्याप्त बन्यो । फिफा वरियतामा प्यालेस्टाइन एक सय ५३ औं स्थानमा छ भने बंगलादेश एक सय ६९ औं स्थानमा छ ।
अब सोमबार हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ भने सोही दिन प्यालेष्टाइन र नर्दन मरियाना आइल्याण्डस भिड्ने छन् ।

No comments:

Post a Comment