मिथिलेश यादव, लहान, चैत १० - नेकपा एमालेका नेता केपी शर्मा ओलीले चुनावी कार्यक्रम गर्ने अघिल्लो रात यहाँको एक विद्यालयमा गोली प्रहार भएको छ। आज ओलीको प्रमुख आतिथ्यमा चुनावी कार्यक्रम हुँदैछ। कार्यक्रमस्थल पशुपति आदर्श उमाविका पाले शोभा यादवमाथि मध्यराति गोली प्रहार भएको हो। तीन जनाको समुहमा उमावि परिसरभित्र प्रवेश गरी यादवमाथि गोली प्रहार गरिएको हो। गोलीले उनको वाँयाँ खुटाको छाला छेडेको छ। सुत्ने वेला अफिस कोठा लगायत प्रयोगशाला र कम्प्युटर कोठा नियल्न गइरहेका यादवलाई हतियारधारीले कब्जामा लिन खोजेपछि उनको हातमा भएको लाठीले बचाउ गर्दै कोठातिर भागे। कोठा नजिकैको आँपको रुख नजिक आएपछि हतियारधारी ती समुहले पहिलो गोली हाने। आफू रुखको ओत लागेर वाँच्न सफल भएको शोभाले बताए। आजको एमाले कार्यक्रम पुर्वघोषित हो।
No comments:
Post a Comment