Saturday, 23 March 2013

ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु

१० चैत, बागलुङ । घर लिप्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरीएर पर्वतकेा देउपुर गाविसमा दुई युवतीको ज्यान गएको छ । देउपुर गाविस- वडा नं. ७ स्थित डढुवा भन्ने ठाउँमा माटो खन्दै गर्दा सोहि गाविस वडा नं. ९ की १८ वर्षकी कमला हमाल र सोहि गाविस वडा नं. १ की इशु क्षेत्रीको ज्यान गएको हो ।
ढिस्कोले पुरीएर गम्भीर घाईते भएका दुवै युवतीको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उद्धारका लागि देउपुर प्रहरी चौकीवाट घटनास्थलमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई उपचारका लागि अस्पतालमा ल्याएको थियो ।
अस्पतालमा ल्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment