काठमाडौं, ११ चैत। छात्रवृतिमा भ्रष्टाचार विवादले राजधानीको प्रदर्शनीमार्गमा अवस्थित वालमीकी विद्यापाठ क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यर्थीहरुबीच झडप भएको छ। विद्यार्थीको छात्रवृति कोषमा चरम भ्रष्टाचार भएको भन्दै नेविसंघ इकाइ कमिटीले पत्रकार सम्मेलन गरेर जानकारी गराए लगत्तै स्ववियू इकाइ र सभापतितर्फ विद्यार्थीहरुबीच झडपको भएको हो।
इकाइ कमिटीले स्ववियु सभापति र क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थीको छात्रवृ कोष दुरुपयोग र क्याम्पसको अन्य प्रशासनिक कार्यमा भ्रष्टाचार गरेको आरोप लगाएको छ। इकाइ कमिटीका अध्यक्ष शिव पौडेलले विद्यार्थीले एक वर्षसम्म छात्रवृति नपाउनु, विविध कार्यक्रममको नाममा स्ववियु सभापतिले कोषबाट १ लाख ३ हजार रकम भ्रष्टाचार गरेको आरोप लगाए।
उनले स्ववियुले भ्रष्टाचार गर्ने र उल्टै इकाइ कमिटीका १३ जनालाई सार्वजनिक फौजदारीको मुद्दा लगाएकोमा आपत्ति जनाका थिए।

इकाइ कमिटिका सन्तोष पौडेललाई स्ववियूका सदस्यहरुले आक्रमणको प्रयास गरेका थिए। उनीहरुले पौडेललाई केही बेर नियन्त्रणमा समेत लिएक थिए। यस्तै स्ववियु सभापति रमेश रिजालले भने स्ववियुले विद्यार्थीको छात्रवृतिकोषमा कुनै भ्रष्टाचार नगरेको प्रतिक्रिया दिएकाछन। उनले स्ववियूका केही सदस्यहरुले विद्यार्थी छात्रवृति कोषको रकम व्यक्तिगत रुपमा प्रशासनसँग हप्काएर चलाएएकोले रकम पारदर्शी बनाउन खाता खोलेको बताए। साथै सबै विद्यार्थीले छात्रवृति पाउन भनेर आफुले खाता सञ्चालन गरेको बताउदै यसमा भ्रष्टाचार गरेको भन्नेहरुले नै भ्रष्टाचार गरेको प्रतिक्रिया दिए।
No comments:
Post a Comment