चितवन,चैत १३ (नागरिक)-संकटापन्न पंछि खरमयूरमा स्याटलाइट जडान गर्न मंलबार संरक्षणकर्मीहरु कोशी टप्पु आरक्ष पुग्दैछन्। चराविज्ञ हेमसागर बराल, सार्लोट प्याकम्यान, मार्कोस, ज्योतेन्द्र ठकुरी, शम्भु घिमिरेको टोलीले आरक्षमा खरमयूर खोज्नेछ। उनीहरुसँगै वन मन्त्रालय र निकुञ्ज विभागका प्रतिनिधि पनि जाँदैछन्। पहिलो चरणमा दुइटा खरमयूरमा स्याटलाइट जडान गरिने ठकुरीले बताए। विदेशी संरक्षणकर्मीले ल्याएको अत्याधुनिक प्रविधीको स्याटलाइटबाट खरमयुरका गतिविधी नियाल्ने उनले बताए।
'अब हिउँद र मनसुनको शुरुमा नेपालका खरमयूर देखिन छाड्छन्', ठकुरीले भने 'त्यस अवधीमा कहाँ जाँदा रहेछन् भन्ने स्याटलाइटबाट अध्ययन गर्छौं।' खरमयूर बच्चा कोरल्ने बेला नेपाली भु-भागमा देखिए पनि त्यसपछि आउने हिउँद र वर्षातमा नेपालबाट प्रायः हराउँछन्।
'दुई दिन फिल्ड अनुगमनपछि एक हप्ता खरमयुर खोज्ने, पक्रने र स्याटलाइट जडान गर्ने गर्छौ', चराविद् बरालले, 'खरमयुर पक्रन सजिलो छैन।'
खरमयूर कालो सेतो छिर्विरे रंगको र घाँसकै रंगसँग मिल्दोजुल्दो हुन्छ। सिरु अथवा खरको झाडीमा बस्न रुचाउने खरमयूरको संख्या, बासस्थान र गतिविधी पत्ता लगाइने बरालले बताए।
'खरमयुर पक्डेर त्यसमा स्याटलाइट ट्रान्समिटर जोडेपछि ल्याबरुमको कम्प्युटरमा सजिलै त्यसले पठाएका तथ्यांक हेरेर अध्ययन गर्न सकिने विज्ञहरुले बताए।

No comments:
Post a Comment