Wednesday, 27 March 2013

नेपाल पत्रकार महासंघ बिरुद्ध आन्दोलनमा उत्रने अनिजको चेतावनी

काठमाडौं, १४ चैत। आदिबासी जनजाती पत्रकार संघ (अनिज) सहित बिभिन्न क्षेत्रसँग सम्बन्धित पत्रकार संघहरुले तत्काल समाबेशी आधारमा बिधान शंसोधन नगरे नेपाल पत्रकार महासंघ बिरुद्ध आन्दोलनमा उत्रने चेतावती दिएका छन् । उनिहरुले पोखरा केन्द्रिय साधारण सभाको बन्दसत्रमा प्रस्तुत बिधान शंसोधन प्रस्ताव षडयन्त्रमुलक र अबैधानिक तरीकाले फिर्ता लिएको भन्दै आन्दोलनको चेतावती दिएका हुन्।
अनिजको आब्ह्वानमा बुधबार काठमाडौंमा भएको भेलाले संघर्ष समिति समेत गठन गरेको छ। संघर्ष समितिमा अनिज सहित बिभिन्न १३ पत्रकार संघहरु रहेका छन्। अनिजको नेतृत्वमा रहने संघर्ष समितिमा मधेशी पत्रकार संघ, क्रियासिल पत्रकार महिला(डब्ल्यू डब्ल्यू जे), मधेशी मिडिया हाउस, जागरण मिडिया सेन्टर, राष्ट्रिय अपाङ पत्रकार संघ, किरात राई पत्रकार संघ, तमु सञ्चारकर्मी संघ नेपाल, आम मगर सञ्चारकर्मी संघ र लिम्बु पत्रकार संघका प्रतिनिधिहरु रहका छन्। यस्तै एथ्नीक मिडिया फाउन्डेशन, तामाङ सञ्चार समुह, थारु पत्रकार संघ र नेवा पत्रकार राष्ट्रिय दबुका प्रतिनिधि पनि समितीमा रहने छन्।
आन्दोलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु दिलिप थामा मगर, प्रकाश चन्द्र परियार, सिद्धराज राई, धर्मेन्द्र कर्ण र राजेश मिश्रको एैक्यबद्धता रहेको छ । भेलापछि जारी बिज्ञप्तिमा पोखरा साधारण सभाको बन्द सत्रमा प्रस्तुत बिधान शंसोधन प्रस्ताव फिर्ता लिने महासंघको निर्णयमा गम्भिर असहमति जनाईएको उल्लेख्य छ। ‘पोखरा साधारण सभामा षडयन्त्रपुर्ण र अबैधानिक रुपमा बिधान शंसोधन प्रस्ताव फिर्ता लिईएको छ, हामी त्यसको घोर भत्सना गर्दछौ“,’ बिज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णय तत्काल सच्याएर बिधान शंसोधन नगरे हामी कडा आन्दोलनमा उत्रन बाध्यता हुने छौ“ ।’
बिज्ञप्तिमा बन्द सत्रमा प्रस्तुत गरेर पनि बिधान शंसोधन प्रस्ताव फिर्ता लिनुलाई आदिबासी जनजाती, दलित, मधेशी, मुस्लीम, महिला, अल्पसंख्यक, अपाङगता भएका र अन्य पछाडि पारिएका समुदाय र क्षेत्रमाथीको सडयन्त्र भएको पनि उल्लेख छ। साथै पोखरा साधारण सभानै अबैधानिक भएको समेत दावि गरिएको छ। ‘महासंघको केन्द्रिय कमिटीको पुर्णं बैठकले सर्बसम्मत पास गरेको बिधान शंसोधन निर्णयलाई नेपाल पत्रकार महासंघका अध्यक्षको एकल निर्णयबाट फिर्ता लिईएकाले सधारण सभानै असंबैधानिक भएको निश्कर्ष निकालेका छौ“,’ बिज्ञप्तिमा भनिएको छ।’

No comments:

Post a Comment