Tuesday, 26 March 2013

बस दुर्घटनामा एकको मृत्यु, आठ घाइते

तनहुँ, १३ चैत । तनहुँको गजरकोट गाविस–८ स्थित कवास्दी खोलामा सोमबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङसुन्धारा–४ का २६ वर्षीय नैनसिंह थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका आठ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् ।
घाइते हुने वैणी–८ का ८० वर्षीया कलावती खनाल, जगरकोट–८ की राधा कार्की, भीमबहादुर जिसी, जगरकोट–२ का ७२ वर्षीय वृद्धिमान श्रेष्ठ, पाहपाका रमेश बस्नेत, तारा आले, घिसिङ सुन्धारका बस चालक सानु गुरुङको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक रामकुमार दानीले बताउनुभयो ।
बस कच्ची सडकबाट २०० मिटर तल खसी दुर्घटना भएको हो । सेती गङ्गा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि पोखरा पठाएको छ ।

No comments:

Post a Comment