Tuesday, 26 March 2013

म्याग्दीको पहिरो नियन्त्रणका लागि ठेकेदार कम्पनीले गरेको टेण्डर प्रस्ताव रद्द

म्याग्दी,चैत्र १३ । म्याग्दीको लाम्पाटामा पहिरो नियन्त्रणका लागि ठेकेदार कम्पनीले गरेको प्रस्ताव जिल्ला विकास समिति म्याग्दीले रद्द गरेको छ । निर्माण व्यवसायीले मिलेमतो गरेको पाएपछि टेण्डर प्रस्ताव नै रद्द गरिएको हो । बेनी–दरवाङ सडक खण्डमा पर्ने बाबियाचौर गाउँ विकास समिति वडा नम्बर ५ लाम्पाटामा पहिरो नियन्त्रणका लागि ठेकेदार कम्पनीले प्रस्ताव गरेको थियो । जिल्ला विकास समिति अन्तर्गतको विकेन्द्रित ग्रामिण पुननिर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम मार्फत पहिरो नियन्त्रणको काम गर्नका लागि फागुन ५ गतेदेखि एक हप्ताका लागि म्याद दिएर टेण्डर आह्वान गरिएको थियो ।
टेण्डरमा चलखेल भएको आशंकामा जिविसले योजना अनुगमन तथा प्रशासकीय अधिकृत डिल्लीराम बाँस्तोलाको नेतृत्वमा छानबीन गर्न मूल्यांकन समिति गठन गरेको थियो । छानविनमा निर्माण कम्पनीहरुले मिलेमतो गरेर प्रस्ताव गरेको र प्रतिस्पर्धा नभएको पाइएपछि ठेक्का प्रक्रियानै रद्द गरिएको हो । पहिरोका कारण भत्किएको लाम्पाटा क्षेत्रको सडक बनाउन र पहिरो नियन्त्रण गर्न एशियाली विकास बैंकले ८३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

No comments:

Post a Comment