Thursday, 7 March 2013

गुल्मीमा भूकम्पको ‘डरलाग्दो’ धक्का, चितवनमा पनि भूकम्प गयो

गुल्मी, २४ फागुन । गुल्मीमा बुधबार राति भुइँचालोको धक्का महसुस भएको छ । बुधबार राति १० बजेर ३५ मिनेट जाँदा गुल्मीको सदरमुकाम तम्घासलगायत धुर्कोट्, पूर्कोट, मुसिकोट, शान्तिपुर, बलेटक्सार क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको हो । भुइँचालोको महसुस भएपछि तमघास तथा गाउँका सर्वसाधारण त्रसित भएर घरबाहिर निस्केका थिए । भूकम्पले पहिलाभन्दा डरलाग्दो झड्का दिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो । धुर्कोट क्षेत्रमा पनि पहिला पहिलाभन्दा पनि धेरै डरलाग्दो गरी जमिन हल्लिएको धुर माविका शिक्षक नीमबहादुर पाण्डेयले बताउनुभयो ।
गुल्मी प्राकृतिक प्रकोपमा नेपालमै छैटौँ नम्बरमा पर्ने जिल्ला भएको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताउनुभयो । तर, यहाँका घरहरु भूकम्प प्रतिरोधी भने बन्न सकेका छैनन् । दाङ र चितवनमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

No comments:

Post a Comment