काठमाडौँ, फागुन २३ (नागरिक) - शौचालय जान्छु भन्दै धनगढी नगरपालिका बसपार्क बस्ने गणेश शाहको नगद १५ लाख रुपैयाँ भएको झोला बोकेर उनका साथी कुलेलम ठोकेका छन्। घटना विवरण अनुसार शाहले मालिका बैंक र काठमाडौँ बैंकबाट १५ लाख झिकेका थिए। रकम निकाली से.२ प ६३३८ नम्वरको मोटरसाइकलमा नरेन्द्रबहादुर पण्डित सहित आइरहेको अवस्थामा मंगलबार दिउँसो मालाखेती-७ अत्तरीयामा पैसा भएको झोला बोकेरै शौचालय गर्न जान्छु भनी भागेको उजुरी प्रहरीमा परेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
No comments:
Post a Comment