२४ फागुन, क्वालालम्पुर । नियमित चलिरहेको कम्पनी
एकाएक वन्द गरेर मालिक सम्पर्कविहिन भएपछि मलेसियामा पाँच नेपाली श्रमिकहरुको डेढ
महिनादेखि सडकको वास भएको छ ।
राजधानी क्वालालम्पुरवाट करीव एक घण्टा टाढा पर्ने
काजाङको फुनौं म्यानफयाक्चरिङ कम्पनीका मालिक कम्पनी छाडेर सम्पर्कविहिन भएपछि
नेपाली श्रमिकहरुको विचल्ली भएको हो । कुवाकोट ६ स्याङजाका विष्णु भण्डारी, हतपते ५
सिन्धुलीका ठेटराज सुवेदी, फुलवारीया ७ सिराहाका चक्रवहादुर मगर, कमलामाई ९
सिन्धुलीका मेखवहादुर श्रेष्ठ र खौरयानी-६ सिराहाका विशेश्वर यादव अलपत्र परेका छन
।
फेवु्रवरी तीन तारिखदेखि पन्ध्र दिनलाई विदा भनेर
सवैको हातमा पासपोर्ट थमाएर हिँडेका कम्पनीका साहु डेढ महिना वितिसक्दा पनि
कम्पनीमा नर्फकेपछि उनीहरुको विचल्ली शुरु भएको हो । सात जना नेपालीहरु मात्रै कार्यरत रहेको सोफा वन्ने उक्त कम्पनीमा एक श्रमिक नेपाल विदामा गएका छन भने अन्य एक जना कम्पनी छाडेर भागेपछि पाँच जना मात्रै रहेको विष्णु भण्डारीले अनलाईन खवरलाई वताए । मेघ, विष्णु र ठेटराजको भिषाको अवधि डिसेम्वर १४ तारिखसम्म रहेको छ भने विशेश्वर यादवको भिषा अवधि अक्टोवर १८ तारिखमा सकिएको छ । तर उनलाई भिषा थपको लागि पहल भैरहेको भन्दै पासपोर्टसहित कम्पनीले इमिगेसनलाई लेखेको पत्र समेत थमाईदिएको छ ।
डेढ महिनासम्म काम नगरी कम्पनीको होस्टलमा साहुको वाटो हेरेर वस्यौँ । साहु आउने छाँटकाँट नदेखेपछि आफुहरु नेपाली दुतावासको शरणमा पुग्यौं’-पिडित ठेटराजले भने । ‘कम्पनीमा ताला लागेको छ भने होस्टलमा पनि वत्ती, पानी लगायतका सुबिधा काटिएको छ, यस्तो अवस्थामा कसरी वस्न सकिन्छ र ?’ अर्का पिडित चक्रवहादुरले दुखेसो पोखे ।नेपाली दुतावासका दिद्धिय सचिव चमेलीदेवि पोखरेलले सामान्यतयाः कम्पनी वन्द भएपछि साहुले श्रमिकहरुलाई पासपोर्ट नदिने गरेको भएपनि पासपोर्ट थमाएर भागेको घटना आफ्नो कार्यकालमा पहिलोपटक आएको बताउनुभयो । घटनाबारे बुझिरहेको र श्रमिकहरुको हकमा सक्दो सहयोग गर्ने बताउनु भयो ।
डेढ महिनासम्म खाएर वस्दा पहिले कमाएको सवै पैसा सकिएको र अब बिहान बेलुकी खाने उपाय पनि नभएको उनीहरुले बताए । कम्पनीले भाडामा लिएर राखेको होस्टलमासमेत अर्को मालिक आएर आफुहरुलाई ठाउँ छाडन अनुरोध गरेपछि साथीहरुको होस्टलमा वस्न थालेका छन् । हाल उनीहरुले मलेसियामा रहेको विभिन्न संघ संस्थाहरुलाई आफुहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन । यसैक्रममा वुधवार दिउँसो क्वालालम्पुरमा रहेको प्रगतिशिल प्रवासि श्रमिक मञ्चमासमेत सहयोग गरिदिनको लागि उनीहरुले निवेदन दिएका छन ।
No comments:
Post a Comment