प्रतीक लामिछाने, काठमाडौं, फाल्गुन २७ । नेपाली
सेनाले महाशिवरात्री तथा सेना दिवसका अवसरमा आज राजधानीको टुँडिखेलस्थित सैनिक
मञ्चमा विशेष समारोह आयोजना ग-यो । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति
डा. रामबरण यादवले सैनिक परेड अवलोकन गरे ।
समारोहमा नेपाली सेनाले १९ तोपको शिवरात्री बडाई गर्नुका साथै सैनिक कवाज, मार्चपास, कला, व्याण्ड डिस्प्ले तथा हवाई कला प्रदर्शनी प्रस्तुत गरेको थियो ।
त्यस्तै, सेनाका विभिन्न गणका
प्रतिनिधिहरुले ५ हजार फिट उचाईबाट प्लाराग्लाईडिङ्ग गर्नुका साथै सेनाको गाडी तथा
युद्धका बेला प्रयोग गरिने उपकरणहरु प्रदर्शन गरेका थिए ।समारोहमा नेपाली सेनाले १९ तोपको शिवरात्री बडाई गर्नुका साथै सैनिक कवाज, मार्चपास, कला, व्याण्ड डिस्प्ले तथा हवाई कला प्रदर्शनी प्रस्तुत गरेको थियो ।
राष्ट्रपति डा. यादवले सेनाको श्रीनाथ गण, कालीबक्स गण, बर्द बहादुर गण, सबुज गण र पुरानो गोरखबहादुरलाई कदर पत्र प्रदान गरे ।
No comments:
Post a Comment