२७ फागुन, काठमाडौं । शिवरात्रीको लागि पशुपतिमा
झण्डै ५ हजार साधुबाबा मात्रै आएका छन् । पशुपतिक्षेत्र विकास कोषका अनुसार कतिपय
साधुबाबा देशभित्रकै हुन् भने धेरैजसो भारतबाट आएका छन् । साधुमध्ये सयभन्दा बढी
नागाबाबा छन् । यसवर्ष साधुबाबाको संख्या बढेकाले नागाबाबालाई मात्र पशुपति परिसरमा
धुनी सहित बस्ने व्यवस्था मिलाइएको छ । पहिलेका वर्षहरुमा सबै साधुलाई धुनी सहित
बस्न दिइन्थ्यो ।
बेवास्ता गरेको गुनासो
बेवास्ता गरेको गुनासो
शिवरात्रीको लागि पशुपति आएका साधुहरुले सरकारले
बेवास्ता गरेको गुनासो गरेका छन् । पहिले सरकारले खाना, खाजा र धुनीको व्यवस्था
गरेपनि अहिले आफैंले जुटाउनुपरेको एक बाबाले बताए । तर कोषले भने वास्तविक
साधुहरुको लागि खानबस्नको आवश्यक प्रबन्ध मिलाइएको बताएका छ । कोषले जानेबेला
उनीहरुले भेटी दिएर बिदाई गरिने पनि जनाएको छ ।
बाबाको चर्तिकला मुख्य
आकर्षण
पशुपतिमा दर्शनको लागि जाने त हुन्छन् नै । सँगसँगै
रमाइलो हेर्न जानेहरुको पनि उत्तिकै भीड हुन्छ । खासगरी नागा बाबाहरुले देखाउने
चर्तिकला शिवरात्रीको मुख्य आकर्षण बन्दै आएको छ । पशुपति क्षेत्र परिसर र बनकालीमा
यस्ता बाबाहरु ठाउँठाउँमा बसेर आफ्नो चर्तिकला देखाउने गर्छन् । विदेशी पर्यटक समेत
उनीहरुको क्रियाकलाप हेरेर रमाउने गर्छन । धेरै युवाहरु यही हेर्नको लागि पशुपति
जाने गर्छन् ।
गाँजा कारोबारमा
कडाई
शिवरात्रीको बेला गाँजा सेवन र कारोबार खुला जस्तै
हुने गरेको छ । विशेष गरी साधुबाबाहरुले नै यसको कारोबार गर्ने गर्छन् । धेरै
युवाहरु गाँजाको लागि साधुबाबाको छेउ पुग्छन् र मागेर सेवन गर्छन् । यो विकृति
रोक्न प्रहरीले विशेष कडाई गरेको जनाएको छ । शिवरात्रीको नाममा हुने गाँजा सेवन र
कारोबार रोक्न प्रहरी खटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
No comments:
Post a Comment