काठमाडौँ १ चैत । - प्रधान न्यायाधीश खिलराज रेग्मीले राष्ट्रपति रामवरण यादवसमक्ष अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार बाधा अड्काउ फुकाई संविधानको धारा ३८ (१) बमोजिम रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा नियुक्त गरेका थिए।
रेग्मी नेतृत्वमा थप दुई जना मन्त्री बनेका छन्। माधवप्रसाद घिमिरेलाई गृह तथा परराष्ट्रको जिम्मेवारी दिइएको छ भने हरिप्रसाद न्यौपानेलाई कानुन, न्याय, संसदीय व्यवस्था, संविधान सभा तथा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुई मन्त्रीले पनि सोही समारोहमा राष्ट्रपति सामु अध्यक्ष रेग्मीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

No comments:
Post a Comment