
राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदका, केन्द्रिय बरिष्ठ उपाध्यक्ष शिब लाल थापा मगरको प्रमुख आतिथ्य तथा मोर्चाका अध्यक्ष पुर्ण बहादुर राना मगरको सभापतित्वमा सम्पत्र उक्त महाधिबेशनमा प्रमुख आतिथ्य आसन बाट बोल्नु हँदै , राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष शिब लाल थापा मगरले भन्नु भयो “हाल देश संकटमा फसेको छ" ।
नेपाली जनताले परिकल्पना गरेको संघियता र पहिचन लाई ठूला दल भनाउदाहरुले लत्याएको छ । आदिबासी जनजाति,दलित, महिला, अल्पसंख्याक र पिछाडाबर्गहरुको पहिचन र संघियतालाई स्वीकार्न नसकेकोले नै यो संकट आएका कुरा बताउनु भयो ।
‘उहाँले आगडि भन्नु भयो , देशले निकास पाउनै पर्छ । निकास पाउनको ताजा जनादेशमा जानुको कुनै बिकल्प छैन । तर ठूला दलहरु ताजा जनादेशमा जान पनि चहिरहेको छैन । उल्टै स्वतन्त्र न्याय पालिकाकै धज्जी उडाउने काम गर्दै बजारमा हल्ला पिटिरहेका छन । उनीहरुको बह्रा पन्ध्र जनाको जमघट दिनहुं जसो भैरहन्छ , को प्रधान मन्त्री बन्ने भन्ने होडबाजीमा लडिरहेका छन । तर उनीहरुको मनसय चैं जनताको हितमा बिल्कुल छैन । यस बिषयमा ठूला दलहरुले फेल खाई सकेका छन । अबको निकासको बाटो भनेको साना दलहरुको नेतृत्वमा चुनवी राष्ट्रिय सरकार हो । यसको नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टीले लिनु पर्छ । किन की जनमुक्ति पार्टी समानुपतिक प्रतिनिधित्वको आधारमा प्रतिनिधि,संघियता र पहिचनको मुद्घा उठाउने जेठो पार्टी हो ।, उक्त कुरा उहाँले उदघटन मन्तब्य दिने क्रममा भन्नु भएको हो ।

स्वतन्त्र युवा मोर्चा तनहुंका पुर्व अध्यक्ष खडक बहादुर आले मगर को संयोजकत्वमा रहेको निर्वाचन मन्डलले पुर्ण बहादुर राना मगरको अध्यक्षतामा १३ सदसीय नेपाल विद्यार्थी मोर्चाका केन्द्रिय समिति निर्वाचित गरेको छ । सह अध्यक्ष, उपाध्यक्षहरुमा क्रमशः प्रेमध्वोज गाहा मगर नवलपरासी, टंक आग्री कन्चनपुर, मिन बहादुर थापा काठमाण्डेो, फडिन्द्र घेले रुपन्देही निर्वाचित हुनु भएको छ । त्यस्तै उपमहाचिव , संगठन सचिवमा क्रमशः श्री बहादुर थापा टिना गुरुङ तनहुं निर्वाचित हुनु भएको छ ।
सदस्यहरुमा क्रमशः मिन बहादुर थापा डोटी, सचिन थापा तनहुं दिल बहादुर थापा तनहुं छनौट भएका छन । धन बहादुर थापा काठमाण्डो लाई प्रचार प्रसार विभागको प्रमुखको जिम्मा दिएको छ भने सुनिल कुमार पेङमी अर्घखाँची लाई शैक्षिक विभागको प्रमुखको जिम्मेवार दिएको छ । अन्य पद विभागिएको प्रमुखको जिम्मेवारी भौगोलिक, जाति, क्षेत्र, लिङ्गको आधारमा संयोजन हुने गरि पदपुर्ति गर्न मोर्चा केन्द्रिय समिति लाई नै जिम्मा दिएको छ । राष्ट्रिय महाधिबेशन जनमुक्ति पार्टी तनहुंको पार्टी कार्यलयको सभाहलमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment