Friday, 15 March 2013

राष्ट्रसंघका उपमहासचिव नेपाल आउने, मुनले गरे रेग्मीको स्वागत

२ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएकोमा स्वागत गर्नुभएको छ । साथै नेपालको शान्तिप्रक्रियालाई सघाउने राष्ट्रसंघले प्रतिवद्धतासमेत जनाएको छ ।
banराष्ट्रसंघका प्रवक्ताद्वारा जारी वक्तव्यमा वृहत शान्ति सम्झौतामाथि गरिएको प्रतिवद्धता लागू गर्न र आगामी चुनावको वातावरण बनाउन दलहरुलाई आग्रहसमेत गरिएको छ ।
नेपालमा चुनावी सरकार बनेपछि राष्ट्रसंघले आगामी मंगलबार राजनीतिक मामिला हेर्ने उपमहासचिवलाई तीनदिने नेपाल भ्रमणमा पठाउने भएको छ ।
राष्ट्रसंघका प्रवक्ताद्वारा जारी वक्तव्यमा आगामी मंगलबारदेखि बिहीबारसम्म राष्ट्र संघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको भ्रमण गर्ने बताइएको छ ।

No comments:

Post a Comment