
२ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं
युवा नेता गगन थापाले आगामी चुनावमा आफू एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लडने
इच्छुक रहेको बताउनुभएको छ । खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेपछि थापाले
यस्तो इच्छा व्यक्त गर्नुभएको हो । ‘पार्टीसँग मेरो माग यही रहेको छ । प्रचण्ड
जहाँबाट चुनाव लड्नुहुन्छ, नेापली कांग्रेसले मलाई पनि त्यही क्षेत्रमा चुनाव लड्ने
अनुमति देओस् भन्ने मेरो माग छ ।- नेता थापाले अनलाइनखरसँग भन्नुभयो ।
तर, चुनावमा जानुअघि कांग्रेस नेतृत्वले रेग्मी
सरकार गठनबारे कार्यकर्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन बाँकी रहेको थापाको गुनासो छ
।
यसका लागि तत्काल केन्द्रीय कार्यसमिति बोलाइनुपर्ने र महासमितिको बैठक
डाकिनुपर्ने थापाले बताउनुभयो । ‘हामीले उठाएका विषयलाई केही पनि होइन भन्दै
पन्साएर पार्टी नेतृत्व निर्वाचनमा जान खोज्छ भने यो सिंगै पार्टीका लागि
पत्युत्पादक हुन्छ ।’
उहाँले भन्नुभयो-’अब निर्वाचनतर्फ जाने नै हो, तर
योभन्दा पहिले बाबुराम सरकार हटेकोमा सामान्यरुपमा कार्यकर्ताहरू हर्षित भएपनि
कांग्रेसभित्र गाउँ तहसम्म कार्यकर्ताहरुमा निराशा छाएको छ ।’ प्रधानन्यायाधीशलाई
सरकार प्रमुख बनाइसकेपछि कांग्रेसले शुरुदेखि उठाउँदै आएको लोकतन्त्रको मूल्य र
मान्यतामा नेतृत्वले सम्झौता गर्यो भन्ने कार्यकताएलाई लागेको कांग्रेस नेता थापाले
अनलाइनखबरलाई बताउनुभयो । ‘त्यसर्थ चुनावमा जानुभन्दा पहिले पार्टीभित्रका यी
विषयलाई हल गरिनुपर्छ र पार्टी नेतृत्वले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ
।’- थापाले भन्नुभयो ।
No comments:
Post a Comment