धनगढी, फागुन १८ - सँधै मूल्यवृद्धिको खबर मात्र
पढेर दिक्क भएकाहरुलाई राहतको खबर - कैलालीबाट बाजुरा रुटमा सञ्चालन भइरहेका
बसहरुको भाडादर हिजोदेखि करिब ४० प्रतिशत घटाइएको छ। धनगढी (कैलाली) देखि
बाजुरासम्मको प्रतियात्रु भाडा रु एक हजार ६ रहेकामा बुधबारदेखि रु ६०० कायम गरिएको
हो।
सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ ३० औँ वर्षमा प्रवेश गरेको तथा नयाँ वर्षको उपलक्ष्यमा कैलाली-बाजुरा रुटमा चल्ने बसमा यात्रु भाडादर ४० प्रतिशत घटाइएको सङ्घका कार्यालय प्रमुख देवीलाल जोशीले बताए।
विकट क्षेत्रका यात्रुहरुको हितका लागि सम्बन्धित व्यवसायीलाई मर्का नपर्ने गरी यातायात व्यवसायी सङ्घले बुधबारबाट भाडादर घटाएको हो। कैलालीदेखि डोटीहुँदै बाजुरासम्म करिब ३२० किमिभन्दा बढी दूरी रहेको छ।
कैलाली-बाजुरा सडकअन्तर्गतको अछामदेखि बाजुरा सडकखण्डको बाटो कच्ची भएकाले यातायात सञ्चालनका लागि भने अहिलेसम्म इजाजत भने नदिएको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले जनाएको छ। रासस

No comments:
Post a Comment