Friday, 1 March 2013

बंगलादेशमा जमात–ई–इस्लामीका नेतालाई मृत्युदण्डको फैसलापछि भड्किएको हिंसामा ३० मारिए

बंगलादेशमा जमात–ई–इस्लामीका नेतालाई मृत्युदण्डको फैसलापछि भड्किएको हिंसामा ३० मारिए
 फाल्गुन १८ । बंगलादेशको युद्ध अपराध न्यायालयले मुश्लिम नेता देल्वर होस्सिनी सायिदीलाई मृत्युदण्ड दिने फैसला गरेपछि भड्किएको हिंसामा ३० जना मारिएका छन् । देशभर भएको हिंसात्मक प्रदर्शनमा अरु सयौ घाइते भएको खबर छ । सन् १९७१ को स्वतन्त्रता संग्राममा युद्ध अपराध गरेको ठहर गर्दै सायिदीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको थियो । सन् २०१० मा पक्राउ परेका सायिदीलाई स्वतन्त्रता संग्रामका क्रममा सामुहिक हत्या, बलात्कार लगायतका अपराध गरेको ठहर गरिएको छ ।
उनी जमात–ई–इस्लामी पार्टीका शीर्ष नेता हुन् । अदालतको फैसला अस्वीकार गर्दै आन्दोलनमा उत्रेको जमाते पार्टीका कार्यकर्ताले उत्तरी गईबन्ध जिल्लामा रहेको प्रहरी चौकीमा आक्रमण नै गरेका छन् । नोअखाली जिल्लामा हिन्दू मन्दिर र हिन्दूधर्मीहरुमाथि पनि आक्रमण गरिएको खबर छ । राजधानी ढाकाको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बंगलादेशको युद्ध अपराध न्यायालयले युद्ध अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएका सायिदी अहिलेसम्मका ठूला नेता हुन् । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा ३० लाख मानिस मारिएको अनुमान छ ।

No comments:

Post a Comment