१६ फागुन, मोरङ । दुवै मिर्गौला बिग्रिएर अस्पतालमा
मृत्युसँग सङ्घर्ष गर्दै गरेकी मोरङ राजघाट-९ दुर्गापुरीकी मीनाकुमारी धिमालको
परिवारलाई ‘उर्लाबारी युवा समूह’ उर्लाबारीले उपचारमा सहयोगार्थ रु एक लाख ७५ हजार
२०१ हस्तान्तरण गरेको छ । तीन दिनसम्म उर्लाबारी चोकमा चिया वितरण कार्यक्रमको
आयोजना गरी सङ्कलन भएको रकम मङ्गलबार उर्लाबारी चोकमा मिर्गाैला पीडित मिना
कुमारीकी आमा विष्णुमाया र भाई रमेशलाई युवा समूह र कार्यक्रमका प्रमुख अतिथि नेपाल
जेसिजका केन्द्रीय अध्यक्ष भोलेश्वर दुलालले हस्तान्तरण गर्नुभएको हो ।
धिमाल परिवारसँग निम्न आर्थिक अवस्थाका कारण उपचार
गर्ने सामथ्र्य नभएको थाहा पाएपछि युवाहरुले चिया वितरण कार्यक्रमको आयोजना थालेका
थिए । इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख नरेन्द्र भट्टराई, राजघाट गाविस
सचिव जयधर्म आचार्य, नेपाली काँग्रेस महासमिति सदस्य ललित अधिकारी, उर्लाबारी युवा
क्लबका अध्यक्ष बाजाहाङ राईले युवाले गरेको अभियानको प्रशङ्सा गर्दै मिर्गौला पीडित
मीनाकुमारीलाई आर्थिक सहयोग पुर्याउन अनुरोध गरेका छन् ।
उर्लाबारी युवा समूहका संयोजक राजु लामाको नेतृत्वमा अभियान थालिएको थियो ।
मोरङको राजघाटस्थित दुर्गापुरीमा पनि मीनाकुमारी धिमालको उपचारमा सहयोग पुर्याउने
उद्देश्यले चिया वितरण कार्यक्रम सुरु गरिएको छ । मीना कुमारीका भाई विजयका अनुसार
हालसम्म उपचारका लागि रु दुई लाख सहयोग जुटिसकेकेा छ । तर उपचारका लािग रु पाँच लाख
खर्च लाग्ने छ ।
No comments:
Post a Comment