चितवन, फाल्गुन १६ । स्थानीय निकायको निर्वाचन
गर्नुपर्ने माग राखेर गाउँ विकास समितिका सचिवहरु आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुलाई दिइएको गाविस अध्यक्षको पद फिर्ता लिनुपर्ने भन्दै गाउँ विकास समिति
कर्मचारी संघ र गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा देशभरका गाविस सचिवहरु
काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्. । एक दशकभन्दा बढीसमयसम्म स्थानीय निकाय
जनप्रतिनिधिविहीन हुँदा नागरिक आफ्नो अधिकार प्रयोगबाट बञ्चित हुनु परेकाले कामकाज
नै ठप्प पार्नु परेको उनीहरुको जिकीर छ । माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने
उनीहरुको चेतावनी छ । माग पूरा गराउन दबाबस्वरुप जिल्ला विकास समितिमा दैनिक धर्ना
दिने गाविस सचिवहरुले जनाएका छन् ।
No comments:
Post a Comment