इनरुवा, फाल्गुन १६ - कोसी राजमार्ग अन्तर्गत धरान-इटहरी सडक खण्डमा आज बिहान १०
बजे भएको बस दुर्घटनामा दुई जनाको युवकको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ बढी
यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेकेा को १ ख १८७७
नम्बरको मिलन ट्राभल्स साइकल यात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भइ पल्टेको पुर्व
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
घटनास्थलमै मृत्यु भएका दुईजना बसका यात्रुको सनाखत भने हुन नसकेको प्रहरीले बताएको छ । त्यसैगरी दुर्घटनामा परी घाइते भएका सबैको धरान स्थित विपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment