Thursday, 28 February 2013

बंगलादेशमा युद्ध अपराधीलाई मृत्युदण्ड

काठमाडौ, १७ फागुन। बंगलादेशमा जमा-ई-ईश्लामी पार्टीका उपाध्यक्ष दिलावर हुसेन सईदिलाई सन् १९७१मा भएको मुक्ती संग्राममा गरेको युद्ध अपराधका कारण मृत्युदण्डको निर्णय सुनाईएको छ।
सईदलाई सन् १९७१को युध्दका दौरान नरसंहार, बलात्कार, लुटपाटमा संग्लन भएको पाईएपछि उक्त सजाय सुनाईएको हो। ७३ बर्षिय सईदले हिन्दु धर्मावल्म्बीहरुलाई जबरजस्ती ईश्लाम धर्म अंगाल्न लगाएको आरोपको पनि पुष्टि भएको छ।
सईद अहिलेसम्म बंगलादेसमा यद्ध अपराधमा सजाय पाएका सबैभन्दा वरिष्ठ नेता हुन्। उनको पार्टिले निरण्यको बिरोधमा बंगलादेश बन्दको आव्हान गरेपनि कासै प्रभाव नपरेको स्थानिय सञ्चार माध्यमले जनाएका छन्।
जमा-ई-ईश्लामी पार्टी बंगलादेशमा रहेको धार्मिक पार्टि हो र सईदि भन्दा अगाडि त्यही पार्टिका २ जनाले सन् १९७१मा भएको युद्ध अपराधमा मृत्युदण्ड पाईसकेका छन्। अबुल कलाम आजाद र अब्दुल कादिर मुल्लाहले सईदिभन्दा अघि मृत्युदण्ड पाईसकेका छन्।
उक्त फेसलाहरुपछि गरिएको प्रदर्शन हिसात्मक भएको थियो जसमा केही व्यक्तीले ज्यान समेत गुमाएका थिए।
यसैगरि हजारौ व्यक्तीले सहबाग स्कवायरमा निर्णयको समर्थनमा प्रदर्शन गरेका छन। प्रदर्शनकारीहरुले अरु युद्ध अपराधीहरुलाई पनि कानुनी कठघरामा उभ्याईनु पर्ने माग गरेका छन। 

No comments:

Post a Comment