Thursday, 28 February 2013

११ र १२ को परीक्षालाई व्यवस्थित बनाउँदै उच्च मावि

११ र १२ को परीक्षालाई व्यवस्थित बनाउँदै उच्च मावि
काठमाडौं, फाल्गुन १७ । उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षालाई व्यवस्थित बनाउन फरक–फरक विषयका उत्तर पुस्तिका छुट्टाछुट्टै केन्द्रमा परीक्षण गर्ने व्यवस्था मिलाउने भएको छ ।
आज काठमाडौंमा आयोजित परीक्षा व्यवस्थापन सम्बन्धी अन्र्तक्रियामा परीक्षाको अभिलेख व्यवस्थित बनाउने, प्रश्नपत्र बाहिरिने समस्यालाई समाधान गर्न फरक–फरक प्रश्नपत्र पठाइने जानकारी दिइयो ।

घरमा लगेर उत्तरपुस्तिका परीक्षण गर्ने परिपाटी अन्त्य गर्दै परीक्षण केन्द्रमा मात्रै उत्तरपुस्तिका परीक्षण गराइने, नक्कली प्रमाणपत्रको समस्या हटाउन विशेष लोगो राख्ने लगायतका कामहरु अघि बढेको पनि कार्यक्रममा जानकारी दिइयो ।

No comments:

Post a Comment