Friday 23 May 2014

वैद्य माओवादीलाई संविधान निर्माणमा समेट्छौँ : मन्त्री रिजाल

९ जेठ, काठमाडौँ । सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले असन्तुष्ट नेकपा-माओवादीलगायत दललाई समेत सहभागी गराई जनताको चाहनाअनुरुपको संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।
minendra rijalनेसनल युनियन अफ जर्नालिस्टले शुक्रवार राजधानीमा आयोजना गरेको ‘सहभागितामूलक प्रजातन्त्र’ विषयको कार्यशाला गोष्ठीमा सूचना तथा सञ्चारमन्त्री डा. रिजालले मुलुकमा रहेका सबै राजनीतिक दलको आआफ्नै विचार र कार्यदिशा रहेका पनि सबैको साझा उद्देश्य भनेको जतिसक्दो चाँडो जनताको संविधान निर्माण भएकाले सरकार र दलका नेताहरु त्यसतर्फ गम्भीर हुन जरुरी रहेको वताएका हुन् ।
कार्यक्रममा नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले साँचो अर्थमा जनताको संविधान निर्माण गर्ने हो भने वर्तमान संविधानसभालाई विघटन गरेर सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलनमार्फत संविधानका विवादित विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने वताए ।
पत्रकार युवराज गौतमले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक आस्था र विचारका आधारमा कुनै पनि शक्तिलाई निषेध गर्न हुँदैन भन्दै मुख्य राजनीतिक दलले असन्तुष्ट सबै दललाई समेटेर जानुपर्ने बताए । अधिवक्ता रामप्रसाद श्रेष्ठले संविधान सबै समस्याको समाधान नभएको र एक पटक बनेको संविधान संशोधनरहित हुन नसक्ने हुँदा वर्तमान संविधानसभाले बनाउने संविधानलाई स्वीकार गर्दै आर्थिक विकासलाई द्रुत गतिमा लैजानुपर्नेमा जोड दिए । रासस

No comments:

Post a Comment