Tuesday 7 January 2014

ठगी गर्ने विरुद्ध बोल्दा जेलको बास

भैरहवा, पौष २३ – भैरहवाको गैर सरकारी संस्था नमूना एकिकृत बिकास परिषदले गरेको अन्याय र ठगिका शिकार भएका विभिन्न व्यक्तिहरुले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा पिडितहरुले सो संस्थाले लक्षित वर्गको नाममा मोटो रकम कुम्लयाई रहेको प्रमाण दातृ निकाय तथा बिभिन्न सरकारी एवम गैर सरकारी निकायसम्म सप्रमाण दिँदा समेत सम्बन्धित पक्ष मौन रहेको आरोप लगाएका छन् ।
thagiनमूना एकिकृत बिकाष परिषद अन्र्तगतको कार्यक्रम बिश्व बैंकको सहयोगमा राष्ट्रिय एडस तथा यौन रोग नियन्त्रण मार्फत् लागुऔषध प्रयोगकर्ताका लागी निःशुल्क उपचार दिने भनि सम्झौता भए पनि संस्थाले केन्द्रमा उपचारको लागी आउने लागुऔषध प्रयोगकर्ताहरुबाट मोटो रकम असुल गरि रहेको छ । हुन त पुर्नस्थापना केन्द्रमा सुईद्वारा लागु औषध प्रयोगकर्ताहरुलाई मात्र राख्ने गरिए पनि सिनपा ८ बस्ने प्रितम शाहलाई मदिरा खाएको निहुमा जवरजस्ती केन्द्रमा राखेको शाहको आरोप रहेको छ । मुटुको रोगी समेत रहेका शाहलाई पुर्नस्थापना केन्द्रमा राखे लगतै ९ हजार रुपैयाँ माग गरिएको उनले बताए ।
पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै शाहले “आफु मुटु रोगी रहेको भन्दै उपचारको लागी छाडी दिन आग्रह गर्दा समेत जेलमा राखे झै कडा रुपमा राखेको र ९ हजार बुझाए पछि मात्र छाडेको” बताए । सिनपा ८ अन्नपूर्ण टोलबाट नमूना लागु औषध परामर्श तथा पुर्नस्थापना गृहको नामबाट काटिएको ९ हजारको रसिदमा रसिद नं. समेत उल्लेख छैन भने उक्त गृह पनि सिनपा ८ मा नभई सिनपा ६ मा रहेको छ । शाहका अनुसार गृहमा २ किसिमको रसिद काटिने गरिएको छ , कार्यालय प्रयोजनको लागी राखिएके रसिदमा ३ हजार मात्र काटिएको र मलाई दिएको बेनम्बरी रसिदमा ९ हजार उल्लेख गर्नुबाट नै भ्रष्टाचार गरेको प्रमाणित भएको उनले दावी गरे ।
यति मात्र हैन नमूनामा काम गर्ने सबै कर्मचारीहरुबाट नमूना फण्ड भन्दै ५ देखि १५ प्रतिशत सम्म रकम कट्टा गरी कर्मचारीहरुलाई भुक्तानी दिने गरेको पिडितहरुले आरोप लगाएका छन् । पिडित धर्मराज भट्टराईका अनुसार उनि नमुना अन्र्तगत सञ्चालीत साथ साथ कार्यक्रम अन्र्तगत कार्यक्रम संयोजक हुदा ५ प्रतिशत रकम कटाई मात्र दिने गरेको आरोप लगाएका छन । यसै गरि सोही संस्थामा काम गरेकी र सञ्चारकर्मि समेत रहेकी रिमा बि.सी.ले आफुले पाउने तलबबाट २ हजार देखि २ हजार ५ सय सम्म रुपैया कटाएर मात्र दिने गरेको बताएकी छिन । तर नमुना फण्ड भनि जम्मा गरिएको यो रकम के कहा खर्च हुने गरेको छ संंस्थाले कुनै किसिमको हिसाब राखेको छैन, नत कतै खर्च गरेको छ । यसरी जम्मा गरिएको रकम स्टयाण्र्डड चार्टड बैंकको खाता नं. ०११३६२९६८०१ र लक्ष्मी बैंकको खाता नंं ००११७१०००००९१७ मा रहेको पीडितहरुले जनाएका छन् ।
यस सम्बन्धमा पिडित हाटी बनगाई ४ बस्ने गोपाल बन्जाडे, प्रितम शाह, सुनिल चौधरी र राजेश कारुसले संयुक्त रुपमा दातृ निकाय राष्ट्यि एडस तथा यौन रोग नियन्त्रण केन्द्र, पारदर्शी नेपाल र राष्ट्यि सर्तकता केन्द्र लगायतका संस्थाहरुमा उजुरी दिदा समेत उनीहरु मौन रहेको पिडितहरुले बताएका छन् ।
यता पत्रकार सम्मेलन गरे लगतै अनियमितता बिरुद्ध उजुरी दिने पिडित गोपाल बन्जाडेलाई प्रहरी थुनुवा पूर्जी बिना नै रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता दिपक न्यौपानेले बन्जाडेविरुद्ध प्रहरी कार्यालय हनुमानढोकामा साईबर क्राईम अन्र्तगत उजुरी परेको र उसैको आदेशमा पक्राउ गरिएको जनाएका छन् ।

No comments:

Post a Comment