१९ पुस, काठमाडौं । दोस्रो
संविधानसभामा सबैभन्दा कम उमेरको सभासद को होला ? निर्वाचन आयोगले अन्तिम रुप दिएको
नामावली अनुसार पूर्वमन्त्री राजकिशोर यादवकी श्रीमती सरिता यादव ५ सय ५७ मध्ये
सबैभन्दा कम उमेरकी सभासद बन्नुभएको छ । आयोगको सूचीअनुसार गणतान्त्रिक फोरमको
कोटामा परेकी यादव २५ वर्षकी हुनुहुन्छ । सभासद बन्ने न्यूनतम उमेर हद पनि २५ वर्ष
नै हो ।

संविधानसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ
सदस्यको हैसियतले सूर्यबहादुर थापाले गर्नुहुने भएको छ । थापाले बैठकको
अध्यक्षतामात्रै गर्नु हुने छैन, सुशील कोइराला, झलनाथ खनाल, प्रचण्डलगायत सबै
सभासदले सूर्यबहादुर थापाबाटै सपथ खानुपर्ने भएको छ । थापाले भने राष्ट्रपतिबाट सपथ
लिनुहुनेछ ।
संविधानसभामा ‘बूढा’ र तन्देरी
हाराहारी
निर्वाचन आयोगको सूचीमा उल्लेख भएअनुसार ६५ वर्ष
कटेका सभासद् र ३५ वर्षभन्दा कम उमेरका सभासदको संख्या लगभग हाराहारीमा छ । तथ्यांक
अनुसार ६५ कटेका ३४ सभासद छन् । यसमा प्रत्यक्षतर्फ १६ र समानुपातिकतर्फबाट १८ जना
६५ वर्षभन्दा माथिका सभासद छन् ।
कुल ५ सय ७५ सभासदमा ३५ वर्षभन्दा कम उमेरका
सभासदको संख्या ३८ मात्र रहेको छ । यसमा नेकपा एमालेबाट १ जनामात्रै ३५ वर्षभन्दा
कम उमेरका सभासद बनेका छन् । समानुपातिक तर्फ ३२ वर्षीया रबनी चौधरी एमालेकी एक्ली
युवा सभासद हुन् ।

एमाओवादीले भने समानुपातिकतर्फ बढीभन्दा बढी
युवापुस्ताबाट सभासद छानेको छ । ५४ सभासदमध्ये एमाओवादीले २१ जना ३५ वार्ष्भन्दा कम
उमेरका सभासद छानेको छ । राप्रपा नेपालले ३५ वर्ष मुनिका २ जनालाई मात्रै सभासद
बनाएको छ । त्यसैगरी माले, फोरम नेपाल, नेमकिपा र परिवार दलबाट १/१ जना ३५
वर्षभन्दा मुनिका सभासद बनेका छन् । ४६ वर्षे पूर्वमन्त्री अनिल झाले आफ्नी ३४
वर्षीया तरुनी श्रीमती डिम्पल झालाई सभासद बनाउनुभएको छ ।
No comments:
Post a Comment