Friday 24 January 2014

देउसी–भैलोको रकमबाट बन्यो ‘समाज घर’

देउसी–भैलोको रकमबाट बन्यो ‘समाज घर’ पर्वत, माघ १० । पर्वतको भुकताङले गाविस स्थित गुरुङ समुदायका महिलाहरुले देउसी भैलोको रकमबाट ‘समाज घर’ निर्माण गरेका छन् । भुकताङले गाविसमा गठित जनसेवी आमा समुहको पहलमा १५ लाखको लागतमा तमु समाज घर निर्माण भएको हो । २०६७ साल देखिको उनीहरुको प्रयास झण्डै ४ बर्ष पछि सफलतामा पुगेको हो । आमा समुहका सदस्यहरुले देउसी भैलो कार्यक्रम सञ्चालन सँगै बरियत छेक्ने, नाचगान गर्ने र परम्परा अनुसार गरिने अर्घौमा सहयोग गरेर १५ लाख रुपैँया रकम संकलन गरी भवन निर्माण गरेका हुन् । गाउँमा हुने शुभकार्य तथा अन्य जुनसुकै सभा समारोहमा सञ्चालन ल्याउने गरी उक्त समाज घर निर्माण गरिएको समुहकी अध्यक्ष हरिमाया गुरुङले जानकारी दिइन् ।
उनले सहयोग संकलनसँगै स्थानीय पुरुषहरुको सहायतामा समेत समाज घर निर्माण गर्न सफल भइएको अध्यक्ष गुरुङले जानकारी दिइन् । भवन निर्माणका लागि गाउँबाट बैदेशिक रोजगारका शिलशिलामा हङकङ, जापान, अमेरिका, बेल्जियम, बेलायत लगायतका विभिन्न मुलुकमा पुगेका युवाहरुले समेत सहयोग प्रदान गरेका छन् ।

No comments:

Post a Comment