भाद्र २१ - भारतविरुद्ध जित निकाल्दै नेपाली टिमले साफ
च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भारतलाई सन् २००६ को
एएफसी च्यालेन्ज कप फुटबल यता पहिलोपटक हराएको हो । नेपाललाई लामो समयको अन्तरालमा
जित दिलाउने क्रममा अनुभवी स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले एक–एक गोल गरे ।
दशरथ रंगशालामा खचाखच दर्शकबीच मैदान उत्रिएको नेपाली टिमले सुरुआतबाटै दमदार
प्रदर्शन गरेको थियो । खेलको १५ औं मिनेटमा सन्दीप राईको फ्रिकिकलाई सदुपयोग गर्दै
भोला सिलवालले गरेको प्रहार गोलपोष्टमा ठोक्किएपछि नेपाल अग्रता लिने अवसरबाट विमुख
भएको थियो । त्यसअघि पाँचौ मिनेटमा भारतका जेजेले गरेको उत्कृष्ट प्रहारलाई गोलकिपर किरण चेम्जोङले सजिलै नियन्त्रणमा लिएका थिए । यस्तै रोहित चन्दले आठौ मिनेटमा गरेको प्रहार गोलपोष्टमाथिबाट बाहिरिएको थियो । पहिलो हाफमा नेपालले अधिकांश समय बललाई नियन्त्रण राख्दै भारतीय गोलपोष्टमा दबाब सिर्जना ग¥यो । तर दुबै टिमबाट कुनै गोल हुन नसक्दा पहिलो हाफ बराबरीमै सकियो । दोस्रो हाफको सुरुआतमै भोला सिलवालले गरेको प्रहारलाई भारतीय गोलकिपर सुब्रतो पाउलले नियन्त्रणमा लिए । भारतका रोविन सिंहले ६३ औं मिनेटमा गोलका लागि गरेको प्रयास सन्दीप राईले बल क्लियर गर्दै असफल पारिदिएका थिए । यता एकपछि अर्को आक्रमण गरिरहेको नेपालका लागि ६९ औं मिनेटमा गोलको खाता खुल्यो । सन्दीपले प्रहार गरेको फ्रिकिकरमा विक्रम लामाको हेडर रिवाउन्ड भएपछि प्राप्त अवसरलाई सुदपयोग गर्दै अनिल गुरुङले ६९ मिनेटमा नेपाललाई अग्रता दिलाए ।
एक दिन अघि पाकिस्तान बिरुद्धको खेलमा अन्तिम समयमा विमल घर्ती मगरले निर्णायक गोल गरेर नेपाली खेलाडीलाई भारतसंग खेल्ने मौका दिलाएकाथिए ।
आनन्द गुरुङ
No comments:
Post a Comment