नेपालगन्ज, जेष्ठ २२ - कमलरी प्रथा उल्मुलन संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण बुधबार दोस्रो दिन पश्चिम तराईकोको जनजीवन प्रभावित भएको छ ।
बाँके, बर्दिया, दाङ, कैलाली कञ्चनपुर लगायतका जिल्लामा लामो र छोटो दुरीका यातायात चलेका छैनन । नेपालगन्जमा नीजि क्षेत्रका बैक तथा बित्तिय संस्थाहरु समेत प्रभावित भएका छन् । दाङकी सिर्जना चौधरीको हत्याको छानविन माग गर्दै संघर्ष समितिले बन्द आव्हान गरेको हो ।
बन्द कर्ताहरु बजारका सडक र चोकमा बसेका छन् । प्रर्दशनका क्रममा भएको बिभिन्न ठाउँमा भएका प्रहरी हस्तक्षेप पछि बन्द कर्ताहरु झन अक्रोशित भएका छन् । बन्दका आयोजकहरुले बिरोध र माग प्रति एमाओवादी, काँग्रेस , एमाले , नेकाप माओवादी लगायत राजनीतिक दलको सर्मथन रहेको बताएका छन् ।
कतिपय एनजीओ र आइएनजीओहरुले समेत कमलरीहरुको बिरोध प्रर्दशन र मागलाई सघाएका छन् । प्रर्दशनका क्रमका केही नीजी सबारी साधन तोडफोठ गरिएका छन् । आन्दोलनरत् पूर्व कम्लरीहरुले कञ्चनपुरको सुडा गाविस लालपुर चोकमा बिरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा प्रहरी संग झडप हुँदा ४ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालित छ ।

No comments:
Post a Comment