गणेश लम्साल, तँपाईलाई डायबिटिज अर्थात मधुमेह भएको छ ? छ भने तुरुन्त आफनो आँखा जँचाइहाल्नोस् र आफन्तलाई पनि जँचाउन लगाइहाल्नुहोस् । किनभने तँपाईलाई डायबिटिजकै कारण आँखामा रेटिनोपेथी रोग पनि लागिरहेको हुन्छ ।

डा. लामिछानेका अनुसार रेटिनोपेथी रोग लागेमा बारम्बार आँखामा आनो आउने, आँखामा रगत देखिने , आँखाको ज्योति धमिलो हुने, आँखामा कालो धब्बा देखापर्ने र मोतियाविन्दु चाँडै हुने जस्ता लक्षण देखा पर्छन । रेटिनोपेथी रोग ब्लडप्रेसर भएका, धुम्रपान र मद्यपान गर्ने , मृगौलाका रोगीहरुमा पनि लाग्नसक्छ ।
डाक्टरका अनुसार रेटिनोपेथी भनेकै आँखाको पर्दा अर्थात रेटिनामा लाग्ने रोग हो । यो रोग लाग्दा आँखामा साना-साना रगतका नशाहरु फैलन्छन् भने आँखाको ज्योति पनि कम हुँदै जान्छ । रेटिनामा फैलिएका रगतका नशाहरु कमजोर हुन्छन् । यसैले रोग बढदै गएपछि आँखाभित्र फैलिएका रगतका नशाहरु फुटेर रगत आँखाको पर्दा -रेटिना) मा फैलन्छ र आँखाको रेटिनालाई पूरै ढाकेर अन्धो बनाउँछ ।
विशेषज्ञहरुका अनुसार सन् २०३० सम्म विश्वमा १ अर्ब बढी मानिसमा रेटिनोपेथी रोग लाग्ने आशंका छ । एक सर्वेक्षणका अनुसार ३ बर्षदेखिका डायबिटिजका रोगीमा ८ प्रतिशत, ५ बर्षदेखिका रोगीमा २५ र १० बर्षदेखिका रोगीमा ७५ प्रशितशतलाई आँखामा रेटिनोपेथी रोग लाग्ने उच्च सम्भावना हुन्छ । यो रोग बच्चादेखि बूढा सबै उमेर समुहका डायबिटिज भएका मानिसहरुलाई लाग्न सक्छ । नेत्र चिकित्सक डा ज्ञानेन्द्र लामिछानेका अनुसार बिराटनगरस्थित डा. रामलाल गोल्छा आँखा अस्पतालमा आउने आँखाका बिरामीमध्ये ५ देखि १० प्रतिशत बिरामीमा रेटिनोपेथी देखिने गरेको छ ।
रेटिनोपेथी भनेकै डायबिटिज रोग लागेका मानिसहरुको आँखामा लाग्ने रोग हो । बिशेषज्ञ चिकित्सकहरुका अनुसार डायबिटिज एउटा निको नहुने तर नियन्त्रण गर्न सकिने रोग हो । डायबिटिजले जसरी शरीरका सबैखाले अंगहरु फोक्सो, किड्नी, खुट्टा, मांसपेशी, हात र घाँटीमा आक्रमण गरेर निष्कृय तूल्याईदिन्छ । त्यसैगरी आँखामा पनि आक्रमण गरेर रेटिनोपेथी रोग लगाउँछ । जसरी डायबिटिज भएको बिरामीका अन्य अंगहरु आक्रमण गरेर निष्कृष्य बनाउन जोखिम उच्च हुन्छ । त्यसैगरी आँखामा पनि आक्रमण गर्न सक्छ । नेत्र चिकित्सकहरुका अनुसार डायबिटिजका रोगीहरुमा सबैभन्दा धेरै खतरा आँखामा रेटिनोपेथी रोग फैलने हुन्छ । यो रोग लागेमा आँखामा नराम्रो असर गर्छ । समयमै उपचार भएन भने मानिस अन्धो पनि हुनसक्छ ।
बच्ने उपाय
डाक्टरका अनुसार रेटिनोपेथी रोगबाट बच्न सबैभन्दा पहिले त डायबिटिज अर्थात मधुमेह रोग लाग्न नै दिनुहुँदैन । लागिहालेमा डायबिटिजका विरामीले रोग नियन्त्रण गर्न शरीरमा चिनीको मात्र कम गर्ने उपाय डाक्टरको सल्लाहअनुसार भरपुर अवलम्बन गर्नुपर्छ । यो रोग डायबिटिज जस्तै निर्मुल नहुने तर नियन्त्रण गर्न मात्र सकिने भएकाले खानपान , शारीरिक व्यायामदेखि नियमित परीक्षण र औषधि सेवनमा ख्याल पुर्याउनु नै नियन्त्रण गर्ने उपाय हो । किनभने जति शरीरमा डायबिटिजको मात्रा बढदै जान्छ, उति नै यो रोगले पनि आक्रमण गर्दै लान्छ । रेटिनोपेथीका दीर्घरोगीहरुलाई चिकित्सकहरुको सल्लाहमा बिशेष प्रकारको उपकरणयुक्त्त सामग्रीहरु उपलब्ध गराएर दैनिक कामकाज चलाउन सहयोग पुरयाउने गरिएको तर यो निक्कै महंगो रहेको डा. लामिछाने बताउनुहुन्छ ।
No comments:
Post a Comment