Sunday, 5 May 2013

चुनाव चार दलीय सिण्डिकेटकै कारण सर्‍यो - गजुरेल

काठमाडौं, २२ वैशाख। नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बिरोधमा रहेका दललाई बाहिर राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । उनले अहिलेकै अवस्थामा मङ्सिरमा कुनैपनि हालतमा चुनाव सम्भव नहुने जिकिर गरे । क्रान्तिकारी पत्रकार महासङ्घले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेनलमा उनले असारमा गर्ने भनिएको चुनाव पनि चार दलीय सिण्डिकेटकै कारणले टरेको भन्दै अन्य दललाई बाहिर राखेर चुनाव सम्भव हुनै नसक्ने दाबी गरेका हुन् । उनले सर्वोच्च अदालतले सञ्चारकर्मीलाई खुल्ला इजलासमा बसेर सूचना सङ्कलन गर्न नदिएर निरङ्कुशता लाद्न खोजेको आरोप लगाउँदै अदालतको उक्त कदमप्रति आपत्तिसमेत जनाए।

No comments:

Post a Comment