काठमाडौं, चैत २१ (नागरिक)- आइतबारको सेमिफाइनल खेल्न हेर्न झन्डै २० हजार दर्शक मैदानमा ओर्लिएको थियो। त्यसमा झन्डै १५ हजार दर्शक टिकट काटेर हेरेका थिए। नेपाल क्रिकेट संघले नेपाल खेलाडी तथा प्रशिक्षक संघसँग मिलेर टिकट व्यवस्थापन गरिरहेको छ। टिकट दर १ सय रुपैया छ , खेलाडी तथा प्रशिक्षक संघका कोषाध्यक्ष आशिष द्धारेका अनुसार आइतबारको खेलबाट ११ लाख ५३ हजार १ सय नगद टिकटबाटै संकलन भएको छ। 'हामीले १० हजार जतिले खेल हेर्ने अनुमान गरेका थियौं, टिकट त्यो भन्दा बढी विक्री भयो, त्यसपछि बाहिरको भिडलाई विना टिकट मैदान जान दियौं,' द्धारेले बताए।
त्रिभुवन विश्व विधालयमा अध्यनरत विधार्थीका लागि टिकटमा ५० प्रतिसत छुट दिइएको छ। ७ हजार २ सयले विधार्थी सहुलियतमा नेपालको सेमिफाइनल खेल हेरे। सेमिफाइनल खेल सम्म टिकट विक्रीबाट २८ लाख भन्दा बढी संकलन भइसकेको छ।

No comments:
Post a Comment